काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा सेवा गरेका ९९८ जना लाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेका छन्। कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए। कोइरालाकै नेतृत्वमा संविधान जारी भएको हो। नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो।
त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने [आश्रित], मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ।
त्यसैगरी सुप्रसिद्ध प्रबल जनसेवाश्री संस्कृतिविद् डा जगमान गुरुङलाई प्रदान गरिने भएको छ। संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सेवा गरेका व्यक्तिहरुलाई सरकारले मानपदवी, अलङ्कार र पदकले सम्मान गर्न लागेको हो।