PahiloPost

Jul 3, 2024 | २० असार २०८१

६७१ जना कैदीको कैद छुट, २१ जनालाई माफी



पहिलोपोस्ट

६७१ जना कैदीको कैद छुट, २१ जनालाई माफी

काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ६७१ जना कैदीको कैद छुट, २१ जनाको कैद माफी गरिएको छ। नेपाल सरकारबाट सिफारिस भई राष्ट्रपति भण्डारीले उनीहरूको बाँकी कैद छुट र सजाय माफी गरिएको गृह मन्त्रालयले जनायो।

'संविधान दिवस, २०७९ को अवसरमा नेपालको संविधानको धारा २७६, मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिक ऐन, २०६३, बालबालिका सम्बन्धी ऐन, २०७५, फौजदारी कसुर कैद कट्टा नियमावली, २०७६ तथा कारागार नियमावली, २०२० अनुसार जम्मा ६८१ जना कैदीको कैद छुट र २१ जनाको कैद सजाय माफीका लागि नेपाल सरकारबाट सम्माननीय राष्ट्रपति समक्ष सिफारिस भई सम्माननीय राष्ट्रपतिज्यूबाट निजहरूको बाँकी कैद छुट र सजाय माफी गरिएको छ,' सोमवार गृहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell