PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

टुँडिखेलमा संविधान दिवस : हेलिकप्टरबाट पुष्पवृष्टि, सेना र प्रहरीको परेड

टुँडिखेलमा संविधान दिवस : हेलिकप्टरबाट पुष्पवृष्टि, सेना र प्रहरीको परेड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज आठौं संविधान दिवस। यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेलमा आयोजित समारोहमा सहभागी भइन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग सेल्फी खिच्न निजामति कर्मचारीहरुको क्रेज पनि देखिन्थ्यो।



ट्रेन्डिङ पोस्ट

Ncell