PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सुनको मूल्यमा ४ सय रुपैयाँले घट्यो, प्रतितोला ९१ हजार ४ सय रुपैयाँ



पहिलोपोस्ट

सुनको मूल्यमा ४ सय रुपैयाँले घट्यो, प्रतितोला ९१ हजार ४ सय रुपैयाँ

काठमाडौंः साताको पहिलो दिन बढेको सुनको मूल्य दोस्रो दिन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ४ सय रुपैयाँले घटेको हो।

सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ भएको छ।

यसअघि आइतबार तोलामा ३ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ भएको थियो।चाँदी तोलामा १० रुपैयाँ घटेको छ। सोमबारका लागि कारोबार मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ भएको छ। आइतबार तोलामा १५ रुपैयाँ बढेर कारोबार मूल्य ११ सय ८५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १६६८.४० डलर छ भने चाँदी प्रतिऔंस १९.४३ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतिऔंस १६७५.२२ डलर र चाँदी १९ ६१ डलर थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell