PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

वाग्मती प्रदेश संविधानलाई व्यवहारमा देखाउन खोज्छ, संघले अड्को लगाइरहन्छ : मुख्यमन्त्री पाण्डे



पहिलोपोस्ट

वाग्मती प्रदेश संविधानलाई व्यवहारमा देखाउन खोज्छ, संघले अड्को लगाइरहन्छ : मुख्यमन्त्री पाण्डे

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै त्यसको पूर्ण पालना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्। संविधान दिवसको दिन प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको कार्यक्रममा पाण्डेले यस्तो बताएका हुन्।

नेपाली जनताको त्याग, तपस्या र बलिदानीबाट २०७२ मा जारी संविधानले संघीय संसद्मा दुई सदनात्मक व्यवस्था, प्रदेशमा एक सदनात्मक र स्थानीय तहमा प्रतिपक्षीरहित व्यवस्थाको स्थापना गरेको उनले बताए।

‘संविधानले संरक्षित क्षेत्र, विशेष क्षेत्र बनाएर प्रतिनिधित्व गराएका छौं। भाषाको संरक्षण गर्ने,प्रदेशको कामकाजी भाषाको रूपमा कार्यान्वयन गर्न लागिपरेका छौं,’ उनले भने, ’वाग्मती प्रदेश संविधानलाई व्यवहारमा देखाउन खोज्छ, संघले अड्को लगाइरहन्छ।'

उनले वाग्मती प्रदेश सरकारले प्रदेश सरकार छ भन्ने देखिने गरि काम गरेको दाबी गर्दै संरचना बलियो बनाउने कसरतमा लागेको बताए।

कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता तथा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले नेपाल सरकारको वैधानिक कानुन २००४ देखि हालसम्मको संविधानको समीक्षा आवश्यक भएको बताए। संघीयता कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा गम्भीर समीक्षा नगरे जनताको पक्षबाट गम्भीर प्रश्नहरु उठ्ने उनले बताए। अधिकार केन्द्रीकरण हैन विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यता संविधानले बोकेको तर संघीय सरकारले साझा अधिकार सूचीमा रहेका कानून नबनाउँदा विकेन्द्रीकरण लागू नभएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell