PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

लुम्बिनी प्रदेशमा किशोरी प्रजनन दर उच्च



पहिलोपोस्ट

लुम्बिनी प्रदेशमा किशोरी प्रजनन दर उच्च
File Photo : Gagan Thapa

बुटवल : लुम्बिनी प्रदेशमा किशोरी प्रजनन दर उच्च रहेको पाइएको छ। प्रदेशमा अहिले किशोरी प्रजनन दर ५७ प्रतिशत देखिएको हो। यसलाई घटाएर ३० प्रतिशतमा झार्नुपर्ने चुनौती रहेको लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले जानकारी दिए। 

नवौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य निर्देशनालयले बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा चौधरीले किशोरावस्थामा गर्भवती भएका आमाको मृत्यु हुनसक्ने सम्भावना बढी हुने हुँदा यसको न्यूनीकरणका लागि सबैको सहकार्य र परिवार योजनामा जानुपर्ने बताए। किशोरी अवस्था १५ देखि १९ वर्ष उमेर समूहलाई लिइन्छ।

‘हाम्रो प्रदेशमा प्रजनन दर राम्रो छ’ निर्देशक चौधरीले भने, ‘तर, हामी किशोरी प्रजनन दर घटाउनको लागि त्यो समूहमा पुग्नुपर्ने चुनौती छ।’

गर्भनिरोधक साधनको पहुँच र प्रयोगको कमी आएमा किशोरीहरुमा अनिश्चित गर्भ बढ्ने देखिन्छ। ५१ लाख जनसंख्या रहेको लुम्बिनीमा प्रदेशमा ११ लाख प्रजनन उमेर समूहका महिलाहरू छन्। जसको क्षेत्रमा निर्देशनालयले काम गर्दै आएको छ। यसवर्ष नवौं राष्ट्रिय परिवार योजना दिवस ‘व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ भन्ने नाराका साथ मनाइएको छ।

स्वाथ्य निर्देशनालय परिवार योजना कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीले परिवार योजना सम्बन्धी समस्या वा जिज्ञासा भए सरकार र सरोकारवाला निकायहरुले सञ्चालन गरिरहेको मेरी स्टोप्स, नेपाल परिवार नियोजन संघ र सिस्टर ममता लगायतका संस्थामा सम्पर्क गरेर निःशुल्क सेवा लिन सकिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell