PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

भक्तपुरमा थपिए १५ हजार नयाँ मतदाता



पहिलोपोस्ट

भक्तपुरमा थपिए १५ हजार नयाँ मतदाता

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले भक्तपुरमा पुरुष मतदाता ९४ हजार ६८३ र महिला मतदाता ९९ हजार ७५१ तथा अन्य पाँच गरि कूल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता पुगेको बताएका हुन्। भक्तपुरमा पुरुषभन्दा पाँच हजार ६८ जना महिला मतदाताको सङ्ख्या बढी रहेको उनले जानकारी दिए।

कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले निर्वाचनका लागि ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र निर्धारण गरेको जानकारी दिए। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि साउन १९ गतेसम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका क्रममा १५ हजार नयाँ मतदाता थपिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell