PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

राजस्वछलि गरेर ल्याएको ४० लाख रुपैयाँ बराबरको कपडा बरामद



पहिलोपोस्ट

राजस्वछलि गरेर ल्याएको ४० लाख रुपैयाँ बराबरको कपडा बरामद

काठमाडौंः राजस्वछलि गरेर ल्याएको कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आइतबार दिउँसो विराटनगर महानगरपालिका वडा नम्बर १२ रोड शेष चोकमा भारतबाट नेपालतर्फ आएको बिआर ३८ बि २३७९ नम्बरको ट्याक्टरमा अवैध तरिकाबाट ल्याएको कपडा बरामद गरेको हो। प्रहरीले मोरङ जहदा गाउँपालिका वडा नम्बर १ बस्ने ट्याक्टर चालक वर्ष १९ को रमेश यादवलाई नियन्त्रणमा लिएको हो। राजस्वछलि गरेर ल्याएको चालिस लाखको सामान समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए।

आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell