PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'ऐना झ्यालको पुतली' अस्करका लागि सिफारिस

'ऐना झ्यालको पुतली' अस्करका लागि सिफारिस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: अमेरिकामा आउँदो वर्ष हुने ‘अस्कर अवार्ड’ को ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ‘ऐना झ्यालको पुतली’ लाई छनोट गरेको छ। समितिको सोमबार बसेको बैठकले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ लाई अस्करका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन फिल्मकर्मीलाई फिल्म बुझाउन आग्रह गरेको थियो। जसमा दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित 'राधा' र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ ले सहभागिताका लागि आवेदन दिएका थिए। जसमध्ये समितिले ‘ऐना झ्यालको पुतली’ लाई मात्रै छानेको हो।

प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



ट्रेन्डिङ पोस्ट

Ncell