PahiloPost

Dec 4, 2024 | १९ मंसिर २०८१

साफ महिला च्याम्पियनसिको उपाधिको लागि दशरथ रंगशालमा नेपाल र बंगलादेशबिचको खेल सुरु, साफको 'नयाँ च्याम्पियन' बन्ने लयमा नेपाल



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिको उपाधिको लागि दशरथ रंगशालमा नेपाल र बंगलादेशबिचको खेल सुरु, साफको 'नयाँ च्याम्पियन' बन्ने लयमा नेपाल

काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गतको नेपाल र बंगलादेशबिचको फाइनल खेल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित समय अनुसार खेल सुरु भएको हो।

साफको यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिँदा यसपाला साफले नयाँ च्याम्पियन पाउने निश्चित छ। महिला साफको इतिहासमा पहिलो पटक बंगलादेश र नेपाल फाइनलमा प्रतिस्पर्धा गर्न गइरहेका छन्। पाँच संस्करणसम्म भारत च्याम्पियन बन्दा चारपटक नेपाल र एकपटक बंगलादेश उपविजेता बनेको छ।

समूह चरणमा पहिला दुई खेलमा माल्दिभ्स र पाकिस्तानमाथि सहज जित निकालेको बंगलादेशले आफ्नो तेस्रो खेलमा भारतमाथि ३-० को ऐतिहासिक जित निकालेको थियो। साफ च्याम्पियनसिपमा भारतीय महिला टोलीले ब्यहोरेको यो पहिलो हार थियो। त्यस्तै सेमिफाइनलमा भुटानमाथि ८-० को फराकिलो जित निकालेर बंगलादेशले फाइनलमा स्थान बनायो।

आजको खेलमा पनि नेपाली टोलीले घरेलु मैदान र समर्थकको फाइदा उठाउने छ। घरेलु मैदानमा नेपाललाई हराएर च्याम्पियन बन्ने लक्ष्यमा बंगलादेश रहेको छ। साफको इतिहासमा सबैभन्दा धेरैपटक उपविजेता बनेको टोली हो नेपाल। सन् २०१६ को एउटा संस्करणमा सेमिफाइनलबाट बाहिरिएको नेपाल बाँकी सबै संस्करणमा फाइनल पुग्यो। र, सँधै उपविजेतामै सीमित भयो। नेपाल हालसम्म च्याम्पियन नबन्नुमा सँधै बाधक रह्यो भारत। तर, यसपाला नेपालले भारतलाई सेमिफाइनलमै हराउँदै आफ्नो दर्बिलो उपस्थिति देखाइसकेको छ। र, फाइनलमा जित निकाल्दै ट्रफी घरमा राख्ने लक्ष्यमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell