PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

साफ महिला च्याम्पियनसिप फाइनल: नेपाल बंगलादेशसँग २-० ले पछाडि



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप फाइनल: नेपाल बंगलादेशसँग २-० ले पछाडि

काठमाडौं : साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पछाडि परेको छ। दशरथ रंगशालामा जारी फाइनल खेलमा नेपाल बंगलादेशसँग २-० ले पछाडि परेको छ।  
बंगालदेशले १४ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो। 

सब्सिच्युटको रुपमा मैदान प्रवेश गरेकी साम सुनाहारले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। 

त्यस्तै खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै अग्रतालाई दोब्बर पारिन्। 

साफको यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिँदा यसपाली साफले नयाँ च्याम्पियन पाउने निश्चित छ। महिला साफको इतिहासमा पहिलो पटक बंगलादेश र नेपाल फाइनलमा प्रतिस्पर्धा गर्न गइरहेका छन्। पाँच संस्करणसम्म भारत च्याम्पियन बन्दा चारपटक नेपाल र एकपटक बंगलादेश उपविजेता बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell