PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

साफ महिला च्याम्पियनसिपः बंगलादेशले थप्यो गोल, २ गोलले पछि पर्‍यो नेपाल 



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिपः बंगलादेशले थप्यो गोल, २ गोलले पछि पर्‍यो नेपाल 

काठमाडौंः साफ महिला च्याम्पियनसिपको फाइनल खेल दशरथ रंगशालामा जारी छ। जारी खेलेको ७७औँ मिनेटसम्म नेपाल दुई गोलले पछि परेको छ। पहिलो हाफमा दुई गोल खाएको नेपालका लागि ७०औँ मिनेटमा १ गोल फर्काएको छ।   

अनिता बस्नेतले ७०औँ मिनेटमा गोल गर्दै २–१ को अवस्थामा ल्याएकी थिइन्। त्यसको सात मिनेटमै बंगलादेशले पुनः गोल थपेको छ।

बंगालदेशले १४औँ मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो। सब्सिच्युटको रुपमा मैदान प्रवेश गरेकी साम सुनाहारले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। 

त्यस्तै खेलको ४२औँ मिनेटमा श्रीमोती सरकारले गोल गर्दै अग्रतालाई दोब्बर पारेकी थिइन्। 

साफको यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिँदा योपटक साफले नयाँ च्याम्पियन पाउने निश्चित छ। महिला साफको इतिहासमा पहिलोपटक बंगलादेश र नेपाल फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell