PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

काठमाडौंको गोठाटारमा गोली चल्यो, एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा



पहिलोपोस्ट

काठमाडौंको गोठाटारमा गोली चल्यो, एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा

काठमाडौः काठमाडौंको गोठाटारमा गोली चलेको छ। गोठाटारको कृष्ण प्रणामी मन्दीर नजिकै गोली चलेको हो।

केही समय अगाडि गोली चलेको जानकारी आएपछि प्रहरी टोली घटनास्थल तर्फ लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ। गोली कसले चलायो भन्ने खुलेको छैन। गोली लागि एक जना घाइते भएका छन्। घाइतेको जोरपाटीस्थित शंकरापुर अस्पतालमा अपचार भइरहेको छ।

' हामी घटनास्थलमा नै छौं। एक जना घाइते भएर उपचारको लागि अस्पताल लगिएको छ,' काठमाडौं प्रहरी कार्यलयका एसपी दिनेशराज मैनालीले भने।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell