PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गाडीबाट ओर्लिनेबित्तिकै मोहम्मदमाथि गोली प्रहार, त्यसपछि पल्सर बाइकमा चढेर फरार…



सविन ढकाल

गाडीबाट ओर्लिनेबित्तिकै मोहम्मदमाथि गोली प्रहार, त्यसपछि पल्सर बाइकमा चढेर फरार…

सविन ढकाल/ प्रवीण रानाभाट

काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली  प्रहार भएको खुलेको छ। आज साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा दर्जीमाथि गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको खुलेको छ।

चार राउण्ड गोली प्रहार भएको खुलेको छ। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको छ। मोहम्मद दर्जी रामप्रसाद गौतमले चलाएको गाडीमा आएका थिए।मोहम्मद बा ६ च ५१५२ नम्बरको गाडीमा आएका थिए।

गाडी रोकेर ओर्लिनेबित्तिकै उनीमाथि गोली प्रहार भएको रामप्रसाद गौतमले बताए।

'उहाँसँगै गाडीमा हुनुहुन्थ्यो ओर्लिनेबित्तिकै गोली प्रहार गरे,' गौतमले भने।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। गोली कसले चलायो भन्ने खुलेको छैन। गोली प्रहार गरेपछि फरार रहेका व्यक्तिको खोजी भइरहेको छ। पल्सर मोटरसाइकलमा आएका अज्ञात समूहले गोली चलाएका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा नै फरार भएकाले खोजी भइरहेको छ। दुई जनाले‍ गोली चलाएको खुलेको छ। तर बाइकमा जाँदा भने तीन जना गएको प्रत्यक्षदर्शीले जानकारी दिए।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पनि घटनाको प्राविधिक पक्षमा अनुसन्धान गरिरहेको छ।

'घाइते व्यक्ति गार्मेन्ट व्यवसायी भएको खुलेको छ, फरार अभियुक्तलाई विभिन्न प्रविधिको प्रयोग गरेर खोजी गरिरहेका छौँ,' एसपी कृष्ण कोइरालाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell