PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गोठाटार गोली प्रकरणः घाइते गार्मेन्ट व्यवसायी मोहम्मदको उपचारको क्रममा मृत्यु, गोली प्रहार गर्ने खोजीमा प्रहरी



सविन ढकाल

गोठाटार गोली प्रकरणः घाइते गार्मेन्ट व्यवसायी मोहम्मदको उपचारको क्रममा मृत्यु, गोली प्रहार गर्ने खोजीमा प्रहरी

काठमाडौंः काठमाडौंको गोठाटारमा गोली लागि घाइते भएका सर्लाहीका लाल मोहम्मद दर्जीको मृत्यु भएको छ। उपचारको क्रममा उनको अस्पतलामा मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रविन्द्र धानुकले बताए।

' उपचारको क्रममा मृत्यु भयो भन्ने जानकारी आएको छ। हाम्रो टोली अनुसन्धानमा नै छ,' एआइजी धानुकले भने।

उनी माथि आज साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनी माथि गोली प्रहार भएको खुलेको छ।

चार राउण्ड गोली प्रहार भएको खुलेको छ। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको थियो। मोहम्मद दर्जी रामप्रसाद गौतमले चलाएको गाडीमा आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। गोली कसले चलायो भन्ने खुलेको छैन। गोली प्रहार गरेपछि फरार रहेका व्यक्तिको खोजी भइरहेको छ। पल्सर मोटरसाइकलमा आएका अज्ञात समुहले गोली चलाएका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा नै फरार भएकाले खोजी भइरहेको छ। प्रहरीले घटनास्थलबाट पेस्तोल समेत फेला पारेको छ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पनि घटनाको प्राविधिक पक्षमा अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell