PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

बंगलादेशसँगको हारपछि महिला फुटबल टोलीको प्रशिक्षकबाट हट्ने थापाको घोषणा



पहिलोपोस्ट

बंगलादेशसँगको हारपछि महिला फुटबल टोलीको प्रशिक्षकबाट हट्ने थापाको घोषणा

काठमाडौं: नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षण छाड्ने घोषणा गरेका छन्। साफ महिला फुटबल अन्तर्गत आज दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग पराजित भएसँगै थापाले राष्ट्रिय महिला टोलीको प्रशिक्षकको भूमिकाबाट अलग हुने निर्णय लिएको बताएका छन्।

'मैले आजैको दिनबाट यो टिम छाड्दैछु। मैले राखेको लक्ष्य पूरा गर्न सकिन।' थापाले भने।

उनले आफूले तयारीको पर्याप्त समय ट्रेनिङका लागि पाएको र खेलाडीले पनि आफ्नो योजनामा राम्ररी खेलेको बताउँदै अर्को सक्षम ब्यक्तिलाई बाटो छाडिदिएको बताए। थापाले यसअघि सन् २०१६ मा पनि नेपाली महिला टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाट बाहिरिएपछि आज सम्पन्न फाइनल खेलमा घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेशले पहिलोपटक उपाधि हात पारेको थियो। यता नेपाल भने साफको छैटौं संस्करणमा आइपुग्दा पाँचौंपटक उपविजेता बनेको छ।

वर्षाले हिलाम्मे दशरथ रंगशालामा बंगलादेशले १३औं मिनेटबाटै साम सुन्नरको गोलमा अग्रता लिएको थियो। त्यस्तै ४२औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल थप्दा पहिलो हाफमा बंगलादेश २ गोलले अघि रह्यो। नेपालले ७०औं मिनेटमा अनिता बस्नेतको गोलमा खेलमा फर्कने प्रयास गरेको थियो। तर, ७ मिनेट नबित्दै कृष्णरानीले गोल थप्दै बंगलादेशले जित सुनिश्चित गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell