PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

यस्तो छ गोठाटार गोली प्रकरणको घटनास्‍थल



पहिलोपोस्ट

यस्तो छ गोठाटार गोली प्रकरणको घटनास्‍थल

काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली प्रहार भएको खुलेको छ। आज साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा दर्जीमाथि गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको खुलेको छ।

चार राउण्ड गोली प्रहार भएको खुलेको छ। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको छ। मोहम्मद दर्जी रामप्रसाद गौतमले चलाएको गाडीमा आएका थिए।मोहम्मद बा ६ च ५१५२ नम्बरको गाडीमा आएका थिए।

गाडी रोकेर ओर्लिनेबित्तिकै उनीमाथि गोली प्रहार भएको रामप्रसाद गौतमले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell