PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भूकम्प दिवस मनाइरहेकै बेला मेक्सिकोमा शक्तिशाली भूकम्प, एक जनाको मृत्यु



पहिलोपोस्ट

भूकम्प दिवस मनाइरहेकै बेला मेक्सिकोमा शक्तिशाली भूकम्प, एक जनाको मृत्यु

मेक्सिकोको मिचोअकन र कोलिमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार सोमवार १ बजे गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको बताइएको छ।

७.६ म्याग्निच्युडको भूकम्पपछि केही क्षेत्रमा सुनामी आउन सक्नेसमेत बताइएको थियो। भूकम्पबाट केही घरहरुमा क्षति पुगेको बताइएको छ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मेनुअल लोपेज अब्रेडरले ट्वीटरबाट एक जनाको मृत्यु भएको जनाएका छन्। थप क्षतिबारे विवरणहरु आइनसकेको उनले बताएका छन्।

३७ औं र पाँचौ भूकम्प दिवस मनाईरहेको बेला उही मितिमा भूकम्प आएको बताइएको छ। सन् १९८५ र २०१७ मा पनि सेप्टेम्बर १९ मा भूकम्प गएको थियो। १९८५ मा ८ म्याग्निच्युडको भूकम्पले ९ हजार ५०० जनाको मृत्यु भएको थियो भने २०१७ मा ७.१ म्याग्निच्युडको धक्काका कारण ३६० जनाको मृत्यु भएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell