PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

प्रतिनिधि सभातर्फ समानुपातिकमा बन्दसूची दर्ता गराउने दल ४८, कुन प्रदेशमा कतिले बुझाए?



पहिलोपोस्ट

प्रतिनिधि सभातर्फ समानुपातिकमा बन्दसूची दर्ता गराउने दल ४८, कुन प्रदेशमा कतिले बुझाए?
सोमवार निर्वाचन आयोगमा बन्दसूची दर्ता गराउँदै दलहरु। फोटो : निर्वाचन आयोग

काठमाडौं : मंसिर ४ मा तोकिएको निर्वाचनका लागि ४८ दलले प्रतिनिधिसभा तर्फ समानुपातिकको बन्द सूची बुझाएका छन्। असोज ३ गतेसम्म निर्वाचन आयोगले समानुपातिकको अन्तिम सूची बुझाउने मिति तोकेको थियो।

मध्यरातिसम्ममा दलहरुले समानुपातिक सूची बुझाइसकेको निर्वाचन आयोगले जनायो। प्रतिनिधिसभातर्फ यसअघि ६८ दलले समानुपातिकको लागि निवेदन दिएका थिए। ११० सिटका लागि समानुपातिक बन्दसूची बुझाउन नेपाली कांग्रेस भने अन्तिम समयमा पुगेको थियो।

प्रदेशमा कति दलले बुझाए सूची?

प्रदेश १ मा ५५ दलले निवेदन दिएकोमा ३६ दलले मात्र बन्दसूची बुझाएका छन्। यहाँ ३७ जना समानुपातिक प्रदेश सांसद चुनिनेछन्।

मधेस प्रदेशमा ५९ दलले निवेदन दिएकोमा ३६ दललेमात्र समयमै बन्दसूची बुझाएका छन्। यस प्रदेशमा ४३ जना समानुपाति प्रदेश सांसद हुन पाउँछन्।

वाग्मतीमा ४० दलले समानुपातिक बन्द सूची बुझाएका छन्। ५८ दलले बन्दसूचीका लागि निवेदन दिएको थियो। यस प्रदेशमा ४४ जना समानुपातिक सांसद चुनिन्छन्।

यसैगरी गण्डकी प्रदेका ३१ दललेमात्र बन्दसूची बुझाएका छन्। यहाँ २४ जना समानुपातिक सांसदको प्रतिनिधित्व हुन्छ।

लुम्बिनीमा ३२ दलले बन्दसूची बुझाएका छन्।

कर्णालीमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ दलले बन्दसूची बुझाएका छन्। कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक प्रदेश सांसदले प्रदेशमा प्रतिनिधित्व गर्न पाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell