
काठमाडौं : मंसिर ४ मा तोकिएको निर्वाचनका लागि ४८ दलले प्रतिनिधिसभा तर्फ समानुपातिकको बन्द सूची बुझाएका छन्। असोज ३ गतेसम्म निर्वाचन आयोगले समानुपातिकको अन्तिम सूची बुझाउने मिति तोकेको थियो।
मध्यरातिसम्ममा दलहरुले समानुपातिक सूची बुझाइसकेको निर्वाचन आयोगले जनायो। प्रतिनिधिसभातर्फ यसअघि ६८ दलले समानुपातिकको लागि निवेदन दिएका थिए। ११० सिटका लागि समानुपातिक बन्दसूची बुझाउन शुरुमा नेपाल समावेशी पार्टी पुगेको थियो। बन्दसूची बुझाउन नेपाली कांग्रेस भने अन्तिम समयमा पुगेको थियो।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समानुपातिकको बन्दसूची बुझाउन सहमहामन्त्रीद्वय भीष्मराज आङ्देम्बे र बद्री पाण्डे निर्वाचन आयोग पुगेका थिए।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी १६ नम्बरमा र नेकपा एमाले १७ नम्बरमा रहेको छ। त्यसैगरी माओवादी केन्द्र ३४ औं नम्बरमा आइपुगेको निर्वाचन आयोगले जनाएको छ।