PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

चीन र नेपाल मित्रवत् छिमेकी : चिनियाँ प्रधानमन्त्री



पहिलोपोस्ट

चीन र नेपाल मित्रवत् छिमेकी : चिनियाँ प्रधानमन्त्री

काठमाडौं : चीनका प्रधानमन्त्री ली खछ्याङले चीन र नेपाल मित्रवत् छिमेकी भएको बताएका छन्। राष्ट्रिय दिवसको अवसरमा समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै खछ्याङले यस्तो बताएका हुन्।

सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले रेशमी मार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ निर्माण अघि बढेको उल्लेख गर्दै दुई देशको सहयोग आदानप्रदान विस्तार भइरहेको बताएका छन्। 'चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन्। आपसी सम्बन्ध स्वस्थ र स्थिर रूपमा अघि बढिरहेको छ। संयुक्त रूपमा बेल्ट एण्ड रोडको निर्माण गर्दै दुवै पक्षले विभिन्न क्षेत्रमा भएका आदानप्रदान तथा सहयोगको सक्रिय विस्तार गरिरहेका छौँ,' प्रधानमन्त्री खछ्याङले पठाएको शुभकामना सन्देशमा भनिएको छ, 'सम्मानीय नेपाली प्रधानमन्त्रीज्यूसँगै मिलेर दुई देशको विकास रणनीतिलाई गहन रूपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश तथा दुई देशका जनताको अझ बढी हित कल्याण सिर्जना गर्दै जाने मेरो इच्छा छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell