PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

दशैं सुरक्षित बनाउन प्रहरीको १६ टिप्स : गाउँ जानेबारे सामाजिक सञ्जालमा नलेख्नेदेखि अपरिचित व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोल्नसम्म



पहिलोपोस्ट

दशैं सुरक्षित बनाउन प्रहरीको १६ टिप्स : गाउँ जानेबारे सामाजिक सञ्जालमा नलेख्नेदेखि अपरिचित व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोल्नसम्म

काठमाडौं : चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले आम सर्वसाधरणलाई सुरक्षित रहन अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीले दशैंमा हुने अपराधलाई कम गर्ने सर्वसाधारणमा अपिल गरेको छ।

प्रहरीले आफ्नो घरमा बस्नेको विवरण राख्नदेखि गाउँ घर जान लागेको कुरा सामाजिक सञ्जालमा नराख्नसमेत अनुरोध गरेको छ। प्रहरीले आम मानिसलाई बुँदागत रुपमा गर्नुपर्ने र नहुने कुरा उल्लेख गरेको छ।

  • आफ्नो घरको डेरा व्यक्ति तथा काम गर्नेको व्यक्तिको नाम, थर र फोटोसहितको विवरण राख्नुहोस्।
  • आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गरौं।
  • आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरु बारे प्रहरीलाई समयमै खबर गरौं।
  • सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गरौं।
  • लागू औषध, नशालु पदार्थ सेवन तथा बेचविखन गर्ने व्यक्तिबारे प्रहरीलाई खबर गरौं।
  • मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔं ।
  • छतमा चढेर यात्रा नगरौं, सडकको दायाँ, बायाँ जथाभावी पार्किङ नगरौं, ट्राफिक नियमको सधैं पालना गरौं।
  • कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔं।
  • नचिनेको ब्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोलौँ।
  • आफ्नो घर, टोल, छिमेकमा आपतकालीन साइरन र सिसिटिभि क्यामेरा जडान गरौं।
  • बिद्युतीय माध्यमबाट मात्र आर्थिक कारोवार गर्ने गरौं; नगदबाट गर्नु पर्दा उच्च सावधानी अपनाऔं।
  • धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गरौं।
  • रातको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गरौं।
  • लामो समयको लागि घर बाहिर जानु परेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराऔं।
  • सकेसम्म नगद, वहमुल्य सामान र गर गहनाहरु घरमा नराखौँ।
  • दशैं तिहारको लागि गाऊँ जान लागेको' लगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगरौं।

त्यस्तै केही घटना भइ हालेको खण्डमा प्रहरीलाई फोन गर्न समेत प्रहरीले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell