PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

भोलिबाट सुरु हुनेछ फिल्म ‘बाबरी’ को मोफसल टुर



पहिलोपोस्ट

भोलिबाट सुरु हुनेछ फिल्म ‘बाबरी’ को मोफसल टुर

काठमाडौं : असोज १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बाबरी’ टिम मोफसल टुरमा निस्कने भएको छ। असोज ५ गते बिर्तामोडबाट सुरु हुने उपत्यका बाहिरको टुर देशका ६ ठुला सहरमा आयोजना गरिनेछ।

फिल्मको सार्वजनिक गीतसंगीत र ट्रेलरले दर्शकको मन छोइसकेकोले सिनेमाको प्रचारप्रसारमा कमी हुन नदिन मोफसल टुरको आयोजना गरिएको निर्देशक सुरेन्द्र पौडेलको भनाई छ।

५ गते बिर्तामोडबाट सुरु हुने टुर असोज ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटवल र ९ गते पोखरामा हुनेछ।

यस्तै, ९ गतेबाट १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगीतिक भव्य कन्सर्टको आयोजना गर्दै सिनेमाको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ।

फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकरका साथै बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell