PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

गोठाटार गोली प्रकरणः घटनास्थलबाट के के भेटियो ? के हुँदैछ अनुसन्धान



पहिलोपोस्ट

गोठाटार गोली प्रकरणः घटनास्थलबाट के के भेटियो ? के हुँदैछ अनुसन्धान

काठमाडौंः काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा सोमबार साँझ गोली लागि एक पुरुषको हत्या भएको छ। सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को गोली प्रहारबाट सोमबार बेलुकी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले कृष्णमन्दिर नजिक गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उपचारको लागि शंखरापुर अस्पताल नारायणटार जोरपाटी हुँदै शिक्षण अस्पताल महाराजगंज रिफर भएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो।

घटनास्थलबाट मेड इन यूएसए लेखेको १ थान पेस्तोल, १ थान म्याग्जिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएको छ ।

हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको। महम्म नक्कली नोट र कर्तब्य ज्यान मुद्दा ८ वर्ष ७ महिना जेल बसेर निस्किएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell