PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ लोकार्पण



पहिलोपोस्ट

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ लोकार्पण

काठमाडौं : रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार आयोजित  समारोहमा विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्रको पुस्तक लोकार्पण गरिएको हो। पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरेका हुन्।

लेखक मिश्रले पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु, संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र र कल्याणकारी (सामाजिक) लोकतन्त्रले देशको दूरगामी हितका लागि अत्यावश्यक भएको बताएका छन्।

‘राष्ट्रपतिदेखि न्यायालय, प्रशासन, प्रहरी, विश्वविद्यालय, संवैधानिक निकाय आदि सबै क्षेत्र राजनीतिबाट नराम्रोसँग गिजोलिएका छन्,’ उनले भने, ‘अब नेपाली सेना मात्र गिजोलिन बाँकी छ। सेना पनि गिजोलिएको खण्डमा यो देश असफल राज्य हुन केही बेर लाग्दैन।’

संवैधानिक राजसंस्थाको वकालत गर्दै आएका उनले आफ्ना धारणा सबैले मान्नैपर्छ भन्नेमा आफू नरहेको र यसलाई स्वीकार वा अस्वीकार गर्ने छुट सबैको रहेको उनले बताए।

जलस्रोतविद् तथा पूर्वमन्त्री दीपक ज्ञवालीले यो पुस्तक सबै राजनीतिज्ञ, राजनीतिको अध्ययन गर्ने विद्यार्थी र अनुसन्धाताका लागि सन्दर्भ सामग्री रहेको बताए।

‘यो किताब हेरेर राजनीतिक दलले मेनिफेस्टो लेख्न सक्छन् । यो पुस्तकले नेताहरुको आफ्नो स्थान के हो ? भनी प्रश्नसमेत गरेको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell