PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

काठमाडौंको चाडपर्व सुरक्षा योजना : ड्रोनबाट तस्बिर खिच्नेदेखि आर्थिक कारोबार हुने स्थानको सुक्ष्म निगरानी



पहिलोपोस्ट

काठमाडौंको चाडपर्व सुरक्षा योजना : ड्रोनबाट तस्बिर खिच्नेदेखि आर्थिक कारोबार हुने स्थानको सुक्ष्म निगरानी

काठमाडौं : चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना तयार पारि लागू गरेको छ । दशैं तिहारका लागि प्रहरीले चोरी, डकैती, झगडालगायतका अपराध गतिविधिलाई कम गर्न सुरक्षा योजना लागू गरेको प्रहरीले जानकारी दिएको छ।

चाडपर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३ हजार ३ सय ४३ जना बर्दी र सादा पोशाकमा प्रहरी खटाइने भएको प्रहरीले जानकारी दिएको छ।

दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम(क्युआरटी) र मोटरसाइकलमा समेत प्रहरी परिचालन गर्ने छ। विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौंका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने ठाउँमा निगरानीको लागि सीसी क्यामरासमेत जडान गरेर निगरानी बढाइएको छ। त्यस्तो ड्रोनबाट पनि तस्विर लिएर सुरक्षा प्रदान गर्ने प्रहरीले जानकारी दिएको छ। नाकादेखि अन्य स्थानमा प्रहरीको तालिमप्राप्त कुकुरसमेत परिचालन गरिने एसपी दिनेशराज मैनालीले जानकारी दिए।

कुनै ठाउँमा घटना भइरहेको जानकारी आए ५ देखि ७ मिनेटमा पुग्ने गरी व्यवस्थासमेत गरिएको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell