PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

नक्कली नोट सहित चन्द्रागिरीबाट एक युवक समातिए



पहिलोपोस्ट

नक्कली नोट सहित चन्द्रागिरीबाट एक युवक समातिए

काठमाडौंः नक्कली नोट सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा रहेका मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको नोट सहित फेला पारी पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell