PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

महामारीलाई नियन्त्रण र अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरिरहेका छौं : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

महामारीलाई नियन्त्रण र अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरिरहेका छौं : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरशहादुर देउवाले सरकारले महामारी नियन्त्रण गर्न प्रयास गरिरहेको बताएका छन्। मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरि हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उनले बताएका हुन्।

उनले सबैको समन्वयबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरि मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त समेत गरेका छन्। देउवाले सरकारले सुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीहरुको आपूर्ति वितरण र कोभिड १९ र डेंगु रोगबाट बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताए।

'एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका सामाजिक, आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ। सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ। यस कार्यमा सरकारले विगतमा झैँ नेपाल चिकित्सक संघ  यसमा आवद्ध सम्पूर्ण चिकित्सकहरुको सहयोग र साथ पाउने विश्वास लिएको छ,' उनले भने।

देउवाले विज्ञहरुको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता पनि जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell