PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट व्यवस्थामाथि प्रहार गर्ने काम भयो : पौडेल



पहिलोपोस्ट

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट व्यवस्थामाथि प्रहार गर्ने काम भयो : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीति प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन्। पौडेलले सामाजिक संजालमार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीति प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका छन्।

बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार भएको पौडेलको निष्कर्ष छ। उनले सामाजिक संजालमा लेखेका छन, ‘जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु।’ राष्ट्रपति भण्डारीले हिजोसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्ने १५ दिनको समय गुजारेकी छन्। संसदले दोश्रो पटक पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell