PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

राष्ट्रपतिबाट संविधानको संरक्षकको जिम्मेवारी निर्वाह भएको छ : कमल थापा



पहिलोपोस्ट

राष्ट्रपतिबाट संविधानको संरक्षकको जिम्मेवारी निर्वाह भएको छ : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको संरक्षकको भूमिका निभाएको बताएका छन्। बुधवार बिहान सामाजिक सञ्जालमा अध्यक्ष थापाले राष्ट्रपतिको कदम राष्ट्रहित अनुकुल रहेको जनाएका छन्।

'प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ। राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ,' थापाले ट्विट्मा भनेका छन्।

मंगलवार साँझसम्म राष्ट्रपति भण्डारीलाई दुबै सदनबाट पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय तोकिएको थियो। तर भण्डारीले दोस्रो पटक पनि विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरिन्। संविधानत: दोस्रोपटक सदनबाट पारित गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक फिर्ता गर्न मिल्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell