PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

बालुवाटारमा गठबन्धनको बैठक बस्दै



पहिलोपोस्ट

बालुवाटारमा गठबन्धनको बैठक बस्दै
फाइल फोटो

काठमाडौं : सिट बाँडफाँडका लागि सत्ता गठबन्धन दलले बैठक जारी राखेको छ। मंगलवार दुई पटक बसेको बैठकबाट पनि दलहरु निचोडमा पुग्न सकेका छैनन्।

मंगलवार साँझको बैठकपछि सिट बाँडफाँड ८० प्रतिशत टुंगोमा पुगेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 'सिट बाँडफाँड करिब निष्कर्षको नजिकमा पुगेको छ। ८० प्रतिशत भागभन्डा टुंगोमा पुगेको छ,' मन्त्री कार्कीले भने।

बैठक अहिले बिहान ८ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहने कार्कीले बताएका छन्। प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनका लागि अब १८ दिन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell