PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ



पहिलोपोस्ट

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ

काठमाडौंः केही दिनदेखि सुनको मूल्यमा उतारचढाव भइरहेको छ। अघिल्ल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबारको लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको हो ।मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ बजार मूल्य थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ।बुधबार चाँदी प्रतितोला एक हजार एक सय ७० रुपैयाँ कायम छ।

मंगलबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो। पछिल्लो समय चाडपर्वले सुनको मागमा वृद्धि हुन थालेको सुनचाँदी व्यवसायीहरुले बताएका छन्।

अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १६६२.१२ डलर भने चाँदी प्रतिऔंस १९.२७ डलरमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतिऔंस १६७३.५० डलरमा र  चाँदी प्रतिऔंस १९.४६ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell