PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघन भएको गठबन्धनको निष्कर्ष



पहिलोपोस्ट

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको उल्लंघन भएको गठबन्धनको निष्कर्ष

काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणिकरण नगर्नु संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ। असोज ४ को मध्यरातसम्मको समयसीमा भित्र राष्ट्रपतिले विधेयकले प्रमाणिकरण नगरेर अस्वीकार गरेकी हुन्।

राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेको भन्दै अहिले आलोचना भइरहेको छ। राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै विरोध पनि भइरहेको छ।

यसबिच बुधवार बिहान राष्ट्रपतिको कदमबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक प्रभानमन्त्रीनिवास बालुवाटारमा बस्यो। उक्त बैठकले राष्ट्रपति भण्डारीले संविधान अनुसार विधेयक प्रमाणिकरण नगर्नु संविधानकै अपमान भएको निचोड निकालेको छ। 

गठबन्धन बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले भने,'राष्ट्रपति भण्डारीले संविधान अनुसार विधेयक प्रमाणिकरण नगर्नु संविधानकै अपमान भएको निचोड निकालेको छ।'  

साउन २९ गते भण्डारीले विधेयकलाई आफ्नो सन्देश सहित पुन: संसदमै पठाएकी थिइन। संसदका दुवै सदनबाट पारित गरेर फेरि सरकारले विधेयक प्रमाणिकरणक लागि भण्डारीलाई भदौ २० मा पठाएको थियो। दोस्रो पटक पनि विधेयक प्रमाणिकरण नगरेपछि सत्ता गठबन्धनले राष्ट्रपति भण्डारीको चर्को आलोचना गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell