
भारतीय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा ५८ वर्षीय श्रीवास्तवको निधन भएको हो।
अगस्त १० मा उनलाई ह्दयघात भएपछि अस्पताल भर्ना गरिएको थियो। सोहीदिन उनको एन्जियोप्लास्टी पनि गरिएको थियो। करिब ४० दिनसम्म उनी अस्पतालमै उपचाररत थिए। भेन्टिलेटरमा राखिएको १५ दिनपछि उनलाई होश आएको थियो। तर सेप्टम्बर १ पछि फेरि उनको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखिएको थियो। आज बिहान १० बजेर २० मिनेट (भारतीय समय अनुसार) अस्पतालले उनलाई मृत घोषित गरेको हो।
सन् १९८० देखि श्रीवास्तव भारतको सिनेमा क्षेत्रमा काम गर्दै आएका थिए। विभिन्न कमेडी शोमा सहभागी भएका उनले केही फिल्महरुमा अभिनय पनि गरेका थिए।