PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

राष्ट्रपतिको विरोध गर्नबाट पछि हट्यो राष्ट्रिय जनमोर्चा, ४ दलले मात्रै यसकारण गरे विज्ञप्तिमा हस्ताक्षर



पहिलोपोस्ट

राष्ट्रपतिको विरोध गर्नबाट पछि हट्यो राष्ट्रिय जनमोर्चा, ४ दलले मात्रै यसकारण गरे विज्ञप्तिमा हस्ताक्षर

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय जनमोर्चा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जारी विज्ञप्तिमा हस्ताक्षर गर्नबाट पछि हटेको छ। पाँच दलीय गठबन्धनमा सहभागी उक्त दलले नागरिकता विधेयकमा आफ्नो विरोध भएकाले हस्ताक्षर नगरेको बताएको छ।

राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बैठकमा सहभागी भए पनि हस्ताक्षर नगरेको बताए।

'हामी बैठकमा सहभागी भए पनि विज्ञप्तिमा हस्ताक्षर नगरेको हो। हामीले विधेयक ठिक छैन् भनेर विरोध गरेका थियौं नि, त्यसैले हस्ताक्षर नगरेको हो,' पुरीले भने।

यसअघि मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा पनि राष्ट्रिय जननमोर्चाले विरोध गरेको थियो। बुधवार नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको भन्दै सत्ता गठबन्धनको बैठकले साझा धारणा स्वरुप विज्ञप्ति जारी गरेको हो।

उक्त विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको मात्रै हस्ताक्षर छ।

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको निचोड निकालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell