काठमाडौं : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेको छ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनको आलोचना भइरहेको छ। सत्तारुढ गठबन्धनले राष्ट्रपतिको उक्त कदमले संविधानमाथि नै प्रहार भएको निर्ष्कर्ष निकालेको छ।
यसबिच युवा संघले भने राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको हो। राष्ट्रपतिको कदमलाई स्वागत गर्ने भन्दै उनीहरुले सत्तारुढ गठबन्धनको विरोध गरेका हुन्। प्रदर्शनकारीले सत्तारुढ गठबन्धनलाई 'लेन्डुप दोर्जे' भन्दै नाराबाजी गरेका थिए।