PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आईसीसी टी २० वरीयता: ब्याटिङको शीर्षस्थानमा रिजवान, ऐरी र भुर्तेलको वरीयता सुध्रियो



पहिलोपोस्ट

आईसीसी टी २० वरीयता: ब्याटिङको शीर्षस्थानमा रिजवान, ऐरी र भुर्तेलको वरीयता सुध्रियो
फाइल फोटो: क्यान

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको वरीयता अन्तर्गत ब्याटिङतर्फ नेपाली ब्याट्स्म्यान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको वरीयता सुध्रिएको छ। भुर्तेल एक स्थान सुधार गर्दै ५१ औं स्थानमा पुगेका छन् भने ऐरी ५८ औं स्थानमा छन्।

ब्याटिङको शीर्षस्थानमा पाकिस्तानका मोहम्मद रिजवान छन् भने दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एइडेन मार्कक्रम दोस्रो स्थानमा छन्। त्यस्तै भारतका सूर्यकुमार यादव तेस्रो स्थानमा पुग्दा बावर आजम चौथो स्थानमा झरेका छन्।

टी २० को बलिङतर्फ अस्ट्रेलियाका जोस हेजवुड शीर्ष स्थानमा रहँदा दक्षिण अफ्रिकाका ताब्राइज शाम्सी दोस्रो तथा इङ्ग्ल्याण्डका आदिल रशिद तेस्रो स्थानमा छन्। नेपालका सन्दीप लामिछाने एक स्थान खस्कँदै ६२ औं स्थानमा छन्।

अलराउण्डरमा नेपालका दीपेन्द्रसिंह ऐरी १० औं नम्बरमा छन्। अलराउण्डरतर्फ बंगलादेशका शकिब अल हसन शीर्षस्थानमा छन् भने दोस्रो स्थानमा अफगानिस्तानमा मोहम्मद नाबी, तेस्रो स्थानमा इङ्ग्ल्याण्डका मोइन अली र चौथो स्थानमा वानिन्दु हसरंगा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell