PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रपति भण्डारीको कदमले फेरि प्रतिगमनको संकेत दियो : पूर्व राष्ट्रपति यादव



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीको कदमले फेरि प्रतिगमनको संकेत दियो : पूर्व राष्ट्रपति यादव

जनकपुरधाम : पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक्ता विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि फेरि कालो बादल लागाइ दिएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै यादवले दोस्रो पटक पठाइएको नागरिकता प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संसदको मात्र नभई राष्ट्रपति कार्यालय जस्तो सर्वोच्च संस्थाको गरिमा समेत उल्लंघन गरेको बताएका हुन्।

नागरिकता विधेयक सदनबाट निर्माण गरेर पठाइए पनि त्यसको प्रमाणीकरण दोस्रो पटक पनि नगरेर संविधान माथी नै प्रहार भएको पूर्व राष्ट्रपति यादवको भनाई थियो। राष्ट्रपतिको यो कदमले देश फेरि प्रतिगमन तर्फ जान सक्ने भन्दै उनले सम्पूर्ण नेपाली जनतालाई सचेत हुन आग्रह गरेका छन्। उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबैले पहल गर्नु पर्नेमा जोड दिएका छन्।

यादवले भने राष्ट्रपतिले विभिन्न मुलुकका अभ्यास हेरि कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अगाडिको कदम उठाउन पर्ने लगायत अतिरिक्त अन्य विकल्प हुँदा हुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो रोज्नु गलत रहेको बताए।

'लोकतन्त्रका लागि यो घटना सामान्य नभई अनिष्टकारी हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell