PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

ललितपुरमा रहेको कागजको कवाडी गोदाममा आगलागी, तीन जना घाइते



पहिलोपोस्ट

ललितपुरमा रहेको कागजको कवाडी गोदाममा आगलागी, तीन जना घाइते

काठमाडौंः ललितपुरको बागडोलमा रहेको एक कागजको कवाडी गोदाममा आगलागी भएको छ।

आज दिउँसो करिब १ बजे विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागीमा परेर तीन जना घाइते भएका छन्। भारत घर भएका ६५ वर्षीय शिव नारायण पोदार, ४५ वर्षीय राम आशिष साह र  चितवनका ३० वर्षीय गणेश गुरुङ घाइते भएका हुन्। उनीहरूको शरीर आगोले जलेको छ।

प्रकाश खत्रीको जग्गामा भाडामा रहेको बच्चा साहको कागतको कवाडी गोदाममा आगलागी भएको हो। करिब दुई घण्टापछि सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणमा लिएको थियो। काठमाडौं, ललितपुर र भक्तपुरका ४ वटा दमकल प्रयोग गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell