PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

आफ्नै खर्चमा काठमाडौंका लागि निस्किए अनसनरत डा गोविन्द केसी



पहिलोपोस्ट

आफ्नै खर्चमा काठमाडौंका लागि निस्किए अनसनरत डा गोविन्द केसी

कैलाली : धनगढीमा अनसनरत डा. गोविन्द केसी काठमाडौंका लागि निस्किएका छन्। उनलाई प्रशासनको पहलमा हिजै नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं लैजाने प्रयास गरिएको थियो । तर उनले सरकारी खर्चमा नजाने भन्दै अस्वीकार गरेपछि हिजो स्काइ ट्रक रित्तै फर्किनुपरेको थियो।

आज भने चिकित्सकहरूको आग्रह पछि उनी काठमाडौं जान तयार भएका हुन्। उनलाई श्री एयरलाइन्सको जहाज मार्फत काठमाडौं लगिएको हो । केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक अस्पतालका चिकित्सक शेर बहादुर कमरले बताए।

‘स्वास्थ्य अवस्था जटिल बनेर जुनसुकै समयमा अचेत हुन सक्ने अवस्था बनेपछि पटक पटकको आग्रहमा उहाँ जान तयार हुनु भएको हो,’ डा. कमरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell