PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अबैध रुपमा विदेशबाट ल्याएको सुन सहित विमानस्थलबाट तीन जना समातिए



पहिलोपोस्ट

अबैध रुपमा विदेशबाट ल्याएको सुन सहित विमानस्थलबाट तीन जना समातिए

काठमाडौः काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुन सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। १ सय ग्राम सुन सहित ती जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ घर भएका १९ वर्षीय कविन्द्र विश्वकर्मा र कालिकोट पलाता गाउँपालिका-७ घर भएका २५ वर्षीय जिवराज बम रहेका छन्।

हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई  विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुबाट भन्सार छली ल्याएको १/१ थान सिक्री र १/१ थान औंठी परिमाणको सुन फेला परेको हो।

सोधपुछको क्रममा अर्का एक जना समातिएका हुन्।      



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell