PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

नागरिकता विधेयक रोक्न माग गरेको रिट सर्वोच्चद्वारा खारेज, प्रमाणीकरण मागेर पुनः अर्को पेश



पहिलोपोस्ट

नागरिकता विधेयक रोक्न माग गरेको रिट सर्वोच्चद्वारा खारेज, प्रमाणीकरण मागेर पुनः अर्को पेश

काठमाडौंः नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। विधेयक प्रमाणीकरण रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रिट दर्ता गरेका थिए।

मागदाबी गरेका विषय अनुसारको काम गर्ने अवधिक सकिएको भन्दै अदालतले रिट खारेज गरेको हो। 

संवैधानिक सीमा अनुसार मंगलबारसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा रिट पेश भएको छ। अधिवक्ता सुनील रञ्जन सिंहले रिट दर्ताका लागि पेश गरेका हुन्। रिटबारे दर्ता वा दरपीठ दुबै आदेश भएको छैन। 
रिटमा राष्ट्रपतिले संसदको दोस्रो पटक पठाएको विधेयक प्रमाणीकरण दायित्व स्पष्ट भएकोले परमादेशको माग गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell