PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको सजाय गर्ने फैसला उच्च अदालतले गर्‍यो सदर



पहिलोपोस्ट

पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको सजाय गर्ने फैसला उच्च अदालतले गर्‍यो सदर

जनकपुरधामः सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा पूर्व्राज्यमन्त्री संजय साह (टकला) लाई भएको जन्‍मकैदको फैसला उच्च अदालतले सदर गरेको छ। जिल्ला अदालत धनुषाको फैसलालाई उच्च अदालत जनकपुरले सदर गरेको छ। 

न्यायाधीश प्रमोदकुमार वैद्य श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो।

सिंघानियाको २०६६ फागुन १७ गते होलीको दिन जनकपुरधामको शिवचोकमा गोली हानी हत्या गरिएको थियो। साहलाई मुख्य योजनाकारका रुपमा मुद्दा चलाइएको थियो।

सिंघानिया हत्याको मुद्दामा जिल्ला अदालत धनुषाले २०७६ असार १७ गते साहलाई जन्मकैदको फैसला सुनाएको थियो। फैसलामा असन्तुष्टि जनाउँदै २०७६ असोज ७ गते उच्च अदालतमा उनले पुनरावेदन गरेका थिए। साह अहिले नख्खु कारागारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell