PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कपन आगलागीमा परेर तीन जनाको मृत्यु, आगो नियन्त्रणमा



प्रवीण रानाभाट

कपन आगलागीमा परेर तीन जनाको मृत्यु, आगो नियन्त्रणमा

काठमाडौंः कपनको आगलागीमा परेर दुई जनाको ज्यान गएको छ। राम मन्दिर नजिकै आगलागी भएको हो। आगलागीमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको हो। तीन जनाको शव निकालिएको छ। तर सनाखत भएको छैन। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले मृतकको सनाखत नभएको बताए।

ट्रेकिङ कम्पनीमा आगलागी भएको खुलेको छ। कम्पनीमा ग्यास स्टोर समेत भएकाले विस्फोटमा तीन जनाको ज्यान गएको हो। आगलागी ठूलो विस्फोटको आवाज समेत आएको स्थानीयले बताए।

अन्य व्यक्तिसमेत भएको आशंकामा प्रहरीले खोजी जारी राखेको छ। 

अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुरका दलमक परिचालन गरिएको थियो। बुधबार दिउँसो ललितपुरको धोबीघाटमा रहेको कागज गोदाममा पनि आगलागी भएको थियो। आगलातीमा तीन जना घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell