PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कपनको ट्रेकिङ कम्पनीमा लागेको आगो नियन्त्रणमाः तीन जनाको गयो ज्यान

कपनको ट्रेकिङ कम्पनीमा लागेको आगो नियन्त्रणमाः तीन जनाको गयो ज्यान

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः कपनमा रहेको एक टे«किङ कम्पनीमा आगलागी भएको छ। हिमाल आरोही निर्मल पूर्जाले सञ्चालन गरेको उक्त कम्पनीमा आगलागी भएको हो।

आरोहणका क्रममा प्रयोग हुने अक्सिजन समेत स्टोर गरिएकाले आगलागीसँगैको विस्फोटमा मानवीय क्षति समेत भएको छ। अहिलेसम्म तीन जनाको शव फेला परेको छ। मृतकको सनाखत भने भएको छैन। 

घरको सबैभन्दा माथिल्लो तलामा रहेका ६ जना भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। टे«किङ कम्पनीमा के कति व्यक्तिहरु थिए भन्ने अहिले पनि यकिन नभएको प्रहरीले जनाएको छ। 

झन्डै दुई घण्टाको आगलागी नियन्त्रणका लागि काठमाडौँ भक्तपुर, ललितपुर र त्रिभुवन विमानस्थलको समेत दमकल प्रयोगमा ल्याइएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell