PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान



पहिलोपोस्ट

यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

काठमाडौं : बिहीवार बिहान देशका केही स्थानमा घाम लागे पनि  सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली रहेको छ। बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोले बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 'गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाको बुलेटिनमा भनिएको छ, 'सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।'

यसैगरी राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनायो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell