PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

श्रीमतीको हत्या गरी श्रीमान फरार, छोरी घाइते : एक दिन अघिमात्रै फर्किएका थिए भारतबाट



पहिलोपोस्ट

श्रीमतीको हत्या गरी श्रीमान फरार, छोरी घाइते : एक दिन अघिमात्रै फर्किएका थिए भारतबाट
प्रतीकात्मक फोटो

कैलाली : कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा शेरबहादुर नामजाली मगरले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका हुन्।

वडा नम्बर ५ बस्ने शेरबहादुरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। शेरबहादुर बुधवार मात्रै भारतबाट आएको र बिहीवार बिहान घटना घटाइ फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरी घाइते बनाएका छन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ। शेरबहादुरको खोजी कार्य भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell