PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश



पहिलोपोस्ट

काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

काठमाडौं : अब्दुस मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन्। च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।

यसअघि विवेकशीलमा रहेर राजनीति गरेका अब्दुसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।

उनले काठमाडौं प्रतिनिधिसभा क्षेत्र ६ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell