PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश, ओलीले गरे स्वागत



पहिलोपोस्ट

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ने‍कपा एमाले प्रवेश गरेका छन्। काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा लगाएर स्वागत गरेका हुन्।

खनाल ढाका टोपी दैरा सुरुवालमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका थिए।

खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक 'अपहरण'मा मुछिएका व्यक्ति हुन्। खनाल एमाले नेता महेश बस्नेत र हाल नेकपा एकीकृत समाजवादीमा रहेका किसान श्रेष्ठसँगै जनकपुर पुगेका थिए। तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा केपी शर्मा ओलीको डिजाइन भएको आरोप लगाएका थिए।

खनाल २०७४ चैत २७ गते २६ औं आइजीका रुपमा नियुक्त भएका थिए। २०७६ माघ २८ गते उनले अवकास पाएका थिए। अवकासको करिब तीन वर्षपछि उनी राजनीतिक दलमा आवद्ध भएका छन्।

अपहरण काण्ड हुँदा त्यतिबेला ओली नेतृत्वको सरकार रहेको थियो। यद्यपि, समाजवादी फुटाउन ओली सफल रहे। नेकपा एमालेले यसअघि नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालाई पनि पार्टी प्रवेश गराएर टिकट दिएको थियो। सिलवाल ललितपुर क्षेत्रबाट सांसद समेत बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell