PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रसियालाई हतियार बिक्री गरेको छैन, अमेरिकाले गलत हल्ला फैलायो : उत्तर कोरिया



पहिलोपोस्ट

रसियालाई हतियार बिक्री गरेको छैन, अमेरिकाले गलत हल्ला फैलायो : उत्तर कोरिया
Photo : REUTERS

उत्तर कोरियाले आफूले कहिल्यै पनि रसियालाई हतियार नबेचेको जनाएको छ। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा उत्तर कोरियाले रसियालाई हतियार बिक्री गरेको समाचार सार्वजनिक भएको थियो। उत्तर कोरियाले ती खबरहरु सत्य नभएको भन्दै रसियालाई भविष्यमा पनि हतियार बेच्ने योजना नभएको जनाएको हो।

अमेरिकी अधिकारीहरुले रसियालाई यत्तर कोरियाले रकेट र हतियारहरु बिक्री गरेको जनाएको थियो। रसियाले त्यहीबेला नै उत्तर कोरियासँग हतियार खरिद नगरेको भन्दै स्पष्टीकरण दिएको थियो।

बिहीवार केसीएनएमा प्रकाशित समाचारमा उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धत गर्दै भनिएको छ : हामीले कहिल्यै पनि हतियार र विस्फोटक पदार्ग रसियालाई बिक्री गरेका छैनौं। यस्तो गर्ने कुनै योजना छैन।

उत्तर कोरियाले अमेरिका र अन्य देशमाथि गलत हल्ला फैलाएको आरोप लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell